Oct 30 2026 | २०८३ कार्तिक १४ गते

मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत दिन प्रस्ताव, कांग्रेससँग आफ्नो दूरी टाढा नरहेको दाबी

मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत दिन प्रस्ताव, कांग्रेससँग आफ्नो दूरी टाढा नरहेको दाबी

सोमवार, भाद्र ८ २०८३
  • काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले प्रदेशसभा बैठकमा तेस्रो पटक विश्वासको मत मागेका छन् । कोशी प्रदेश सभाको आज बसेको बैठकमा उनले आफूलाई विश्वासको मत दिन सबै पार्टीका सांसदसँग अनुरोध गरेका हुन्।

    सम्बोधनका क्रममा मुख्यमन्त्री कार्कीले मुलुकमा नयाँ र पुराना शक्तिहरूका बीचमा फरक भाष्य निर्माण गर्न खोजिएको टिप्पणी गरे । उनले केन्द्रमा अर्कै समीकरणको सरकार हुँदा प्रदेश सरकार विपक्षी जस्तो बन्नुपर्ने अवस्था आएको भन्दै राजनीतिक अस्थिरताप्रति सङ्केत गरे । यद्यपि, उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग आफ्नो दूरी टाढा नरहेको बताउँदै सहकार्यको सम्भावना कायमै रहेको सङ्केत गरे।

    images

    नेकपासँगको सहकार्य लामो हुने उनले बताए  । मन्त्री  बनाउनका लागि मात्रै  यो सहकार्य नभएको उनले बताए ।  गृहमन्त्री सुधन गुरूङले गरेको छड्के सीमा अनुगमनले कुनै प्रतिफल नभएको आरोप लगाए । ‘एयरपोर्टमा होहल्ला गरेर सीमाको अनुगमन गरेर मिडियामा प्रचार गरेर केहि हुँदैन उनले भने एकलै अगाडि बढेर हुँदैन । प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय हुनु पर्छ । अधिकार मिच्न पाइँदैन,’ उनले भने।

    उनले संघीय सरकार प्रति वितृष्णा भएको पनि बताए । जतासुकै विरोधका कुरा मात्रै  उठेको बताए । एक पटक निर्वाचन हार्दैमा कमजोरी नसम्झन पनि उनले चुनौती दिए ।फेरि उठ्ने उनले दाबी गरे।

    मुख्यमन्त्री कार्कीले आफ्नो कार्यकालमा भएका उपलब्धिहरू प्रस्तुत गर्दै कोशी प्रदेश दूध र गहुँमा आत्मनिर्भर भएको दाबी गरे । भौतिक पूर्वाधारको क्षेत्रमा प्रदेश सरकारले उल्लेख्य काम गरेको बताउँदै उनले ९ वर्षको अवधिमा १ हजार किलोमिटर सडक र १५० वटा पुल निर्माण सम्पन्न भएको जानकारी दिए।

    सामाजिक र आर्थिक विषयमा बोल्दै मुख्यमन्त्री कार्कीले पछिल्लो समय चर्चामा रहेको ‘जेनजी’  आन्दोलनलाई ‘विध्वंस’ को संज्ञा दिए । उनले यस्ता आन्दोलनले सकारात्मक परिवर्तन भन्दा पनि क्षति पुर्‍याउने तर्क गरे।

    यस्तै, उनले पछिल्लो समय ठुला व्यावसायिक घरानाहरूमाथि सरकारले गरिरहेको धरपकडप्रति असन्तुष्टि जनाए। यस्ता गतिविधिले निजी क्षेत्र त्रसित भई मुलुकको आर्थिक धरातल खस्किएको उनको दाबी थियो । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कार्कीले आजको बैठकमा आफ्नो सरकारको निरन्तरताका लागि संसद्‌मा विश्वासको मत लिने प्रस्ताव गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार