Oct 30 2026 | २०८३ कार्तिक १४ गते

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

सोमवार, भाद्र ८ २०८३
  • काठमाडौँ । एमाले, नेकपा, जसपा र जनमोर्चाको समर्थनमा बनेको लुम्बिनी प्रदेश सरकारले नेकपाबाट तीन जना मन्त्री थपेसँगै मन्त्रिपरिषद् हेरफेर गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ तीन मन्त्री नियुक्त गर्दै केही साविकका मन्त्रीको जिम्मेवारीसमेत परिवर्तन गरेका छन्।

    मन्त्रिपरिषद् हेरफेरसँगै कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी कृष्ण कुसुम थारुलाई दिइएको छ। यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्री रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    images

    त्यस्तै,रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालयबाट सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा पठाइएको छ भने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिपेन्द्रकुमार पुनलाई दिइएको छ।

    यसअघि सामाजिक विकास मन्त्री रहेका सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ। रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी यथावत् राखिएको छ।

    नेपाली कांग्रेसले सरकार छाडेपछि मुख्यमन्त्री आचार्यले आफैँसँग राखेको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी इन्द्रजित थारुलाई दिइएको छ। मन्त्रिपरिषद् हेरफेरसम्बन्धी प्रदेश प्रमुखको कार्यालयका सचिव राजेश गौतमद्वारा हस्ताक्षरित पत्र लुम्बिनी प्रदेशसभा सचिवालयमा पठाइएको छ।

     

    प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री आचार्यको सिफारिसमा मन्त्रिपरिषद् विस्तार गरी नयाँ मन्त्रीलाई भदौ ९ गते मङ्गलबार दिउँसो ३ बजे शपथ गराउने तयारी गरिएको छ।

    प्रदेश प्रमुखको कार्यालयले भदौ ८ गते सोमबार जारी गरेको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् विस्तार गर्न लागिएको उल्लेख छ।मन्त्रीहरूको शपथसँगै लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ।

    rrrrrrrr

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार