काठमाडौं । केन्द्रको कारबाहीमा परेका राप्रपा बागमती प्रदेशका सांसद उद्धव थापाले आफूलाई संसदीय दलको नेताकै हैसियतमा उभ्याउँदै प्रमुख सचेतक परिवर्तन गरेका छन् । प्रमुख सचेतक परिवर्तन गरेर उनले मुख्यमन्त्री किरण थापामगरको पक्षमा विश्वासको मत दिन ह्विप जारी गराएका छन्।
उनले कुमारी तामाङलाई प्रमुख सचेतकबाट हटाएर डम्बर तामाङलाई प्रमुख सचेतक बनाएका हुन् । थापाले नै ह्विप जारी गरेर मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिन आह्वान गरेका छन्।यसअघि राप्रपा केन्द्रले आइतबार मुख्यमन्त्रीको विपक्षमा मत दिन ह्विप जारी गरेको थियो।
_TlUUbXg6vM.jpg)



