Oct 30 2026 | २०८३ कार्तिक १४ गते

दुर्गा प्रसाईंको घरबाट बरामद सामानसहित उपस्थित हुन प्रहरीलाई सर्वोच्चको आदेश

दुर्गा प्रसाईंको घरबाट बरामद सामानसहित उपस्थित हुन प्रहरीलाई सर्वोच्चको आदेश

सोमवार, भाद्र ८ २०८३
  • काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घर खानतलासी गर्नुको कारणबारे लिखित जवाफ बुझाउन प्रहरीलाई सर्वोच्च अदालतले आदेश दिएको छ।

    सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो।

    images

    यस्तै प्रसाईंको घर खानतलासी गरेर बरामद गरिएका सामानसहित अदालतमा उपस्थित हुन पनि भनिएको छ। भदौ ४ गते प्रहरीले प्रसाईंको घरमा खानतलासी गरेको थियो।

    प्रसाईंको खानतलासी गर्दा बरामद भएका सामान समेत पेसीको दिन लिई आउन भक्तपुर प्रहरीलाई सर्वोच्चले आदेश दिएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार