Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भाइरल भिडियोले जन्माएको चासो : के गरिमा हत्यामा दुईजना संलग्न थिए ?

भाइरल भिडियोले जन्माएको चासो : के गरिमा हत्यामा दुईजना संलग्न थिए ?

सोमवार, भाद्र ८ २०८३
  • काठमाडौं । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याका मुख्य आरोपी बताइएका नाबालकको एउटा भिडियो सामाजिक सञ्जालमा लिक भएपछि तरंग उब्जिएको छ । उक्त भिडियोमा आरोपीसँग प्रहरीको उपस्थितिमा घटनाबारे सोधपुछ भइरहेको देखिन्छ ।

    हातमा हत्कडी लगाइएका बालकले निर्धक्कसँग आरोप स्वीकार गरेका छन् । तर बालिकामाथि बलात्कार र हत्यामा आफू मात्र नभएर थप एक व्यक्ति संलग्न रहेको उनले बताएका छन् । सिमरा चोकमा घर भएका प्रदीप खड्काको योजना र संलग्नतामा यो सबै भएको उनको दाबी छ ।

    images

    उच्च प्रहरी स्रोतका अनुसार सार्वजनिक भएको भिडियो फेक होइन । आरोपी किशोरलाई पक्राउपछि मेडिकल चेकअपका लागि कलैया अस्पताल लगिएको थियो । अस्पतालभित्र डाक्टर नभएको बेला आरोपी किशोरसँग अनौपचारिकरुपमा कसैले सोधपुछ गरेर भिडियो  बनाइएको स्रोतले बतायो ।

    सोधपुछ गर्ने व्यक्तिको अनुहार देखिएको छैन । उनी प्रहरी नभएको स्रोतको दाबी छ । प्रहरीका अनुसार उनी अस्पतालकै स्वास्थ्यकर्मी हुन् र बालकको मानसिक अवस्था जाँच्न सोधपुछ गरेका थिए । भिडियोमा प्रहरीहरू देखिएका छन् । बन्दुक बोकेका प्रहरी र एक सिभिल ड्रेस लगाएका व्यक्तिले मोबाइलबाट भिडियो खिचेको देखिएको छ ।

    भिडियोको सुरुमै सोफामा बसेका प्रहरीले गर्मी लागेको भन्दै एसी चलाउन आग्रह गर्छन् । तर आरोपी बालकले हाँस्दै आफूलाई जाडो लागिरहेको बताउँछन् । त्यसपछि अनुहार नदेखिएका व्यक्तिले घटनाबारे सबै विवरण सुनाएमा खाना खुवाउने आश्वासन दिएका छन् । प्रहरीले पनि लगेर खाना खुवाउने बताउँछन् । त्यसपछि आरोपी बालक घटनाबारे ढुक्कसँग बोल्न थाल्छन् । उनको अनुहारमा न अपराधबोध देखिन्छ, न सम्भावित सजायको त्रास ।

    बालकले सुरुमै आफूलाई प्रदीप खड्का नाम गरेका साथीले उक्साएको बताउँछन् । सिमरा बस्ने प्रदीपलाई आफूले गाडीमा लिएर आएको र उसकै योजनाअनुसार बालिकालाई चकलेट दिएर लगेको उनको भनाइ छ ।

    उनले भनेका छन्, ‘बच्चाहरू खेलिराख्या थिए । त्यो प्रदीप पनि त्यहीँ थियो । तिनीहरूले हेरिराथ्यो । म चकलेट किनेर आएँ अनि चकलेटको लालच दिएर एउटा घरमा लिएर गएँ त्यसलाई । त्यो घर कसको हो थाहा छैन ।’

    बालिकासँग दुवैजनाले पालैपालो आपराधिक हर्कत गरेको आरोपी किशोरले सुनाएका छन् । बालिका बेहोस भएपछि प्रदीप भागेको उनको भनाइ छ । आफूले बालिकालाई त्यही घरमा रहेको डोरीले बाँधेर तन्नामा बेरेको अनि ढोकामा चुकुल लगाएर हिँडेको उनले बताएका छन् ।

    भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरीभित्र पनि आन्तरिक खोजीनिती सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले यसमा चासो दिएको र भिडियोमा देखिएका प्रहरीमाथि चाँडै एक्सन लिन सक्ने स्रोतले बताएको छ ।

    प्रहरीले अहिलेसम्म यो घटनामा प्रदीप खड्का नाम लिएको थिएन । पक्राउ पर्ने दोस्रो व्यक्ति प्रोग्रेस चौधरी हुन् । आरोपी बालकले नाम लिएका प्रदीपबारे व्यापक चासो उत्पन्न भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार