Oct 30 2026 | २०८३ कार्तिक १४ गते

ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी

ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी

सोमवार, भाद्र ८ २०८३
  • काठमाडौं । हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासनिक भवनमा आइतबार राति आगलागी भएको छ। राति करिब १–२ बजेको समयमा लागेको आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो।

    आगलागीबाट गाउँपालिकाको लेखा तथा जिन्सी शाखामा क्षति पुगेको छ। महत्वपूर्ण श्रेस्ता तथा कागजातसहित काठका र्‍याक, खाट, टेबल र सोलार ब्याट्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

    images

    प्रारम्भिक रूपमा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको भए पनि आगलागीको वास्तविक कारण खुलिसकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार