Oct 30 2026 | २०८३ कार्तिक १४ गते

महाराष्ट्रस्थित अस्पतालको एनआईसीयूमा आगलागी, तीन नवजात शिशुको मृत्यु

महाराष्ट्रस्थित अस्पतालको एनआईसीयूमा आगलागी, तीन नवजात शिशुको मृत्यु

सोमवार, भाद्र ८ २०८३
  • काठमाडौं । भारतको महाराष्ट्रस्थित अमरावती जिल्ला महिला अस्पतालको एनआईसीयूमा सोमबार बिहान करिब ३:३० बजे आगलागी हुँदा तीन जना नवजात शिशुको मृत्यु भएको छ।

    घटना अस्पतालको तेस्रो तलामा भएको हो, जहाँ आगलागीपछि तीव्र रूपमा धुवाँ फैलिएको थियो। आगलागी हुँदा एनआईसीयूमा ३९ जना नवजात शिशु भर्ना रहेका थिए। आगलागी हुनासाथ चिकित्सक, नर्स तथा अस्पतालका कर्मचारीहरूले उद्धार कार्य सुरु गरी धेरै बालबालिकालाई सुरक्षित बाहिर निकालेका थिए।

    images

    अमरावतीका प्रहरी आयुक्त राकेश ओलाका अनुसार एनआईसीयूका तीनवटा कम्पार्टमेन्टमध्ये एउटामा ९ जना नवजात शिशु भर्ना थिए। आगोको चपेटामा परेर तीमध्ये ३ जनाको मृत्यु भएको छ भने बाँकी ६ जनालाई उपचारका लागि अन्यत्र सारिएको छ। अन्यत्र सारिएका ती ६ जना शिशुको हालको स्वास्थ्य अवस्थाबारे जानकारी आउन बाँकी रहेको छ।

    प्रारम्भिक अनुसन्धानमा एनआईसीयूमा राखिएको भेन्टिलेटरभित्र विस्फोट भएपछि आगलागी भएको आशङ्का प्रहरीले गरेको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार