Oct 28 2026 | २०८३ कार्तिक १२ गते

गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ

गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ

सोमवार, भाद्र ८ २०८३
  • काठमाडौँ । बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्का छन् ।

    जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ मा गरिमा भदौ २ मा मृत भेटिएकी थिइन् । घरबाट हराएको ३ दिनमा गरिमा मृत भेटिएकी थिइन् ।

    images

    गरिमाको बलात्कारपछि हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटना अनुसन्धानमा अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीन बहादुर घलेले रातोपाटीलाई बताए । उनले भने, ‘अहिलेसम्म प्रदीप खड्का सहित ९ जना पक्राउ परेका छन् ।’ बलात्कार र हत्यामा संलग्न आरोपी प्रदीप खड्का विद्यार्थी हुन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार