Oct 30 2026 | २०८३ कार्तिक १४ गते

मन्त्री छनोटमा कुरा नमिलेपछि कर्णालीमा शपथ कार्यक्रम स्थगित

मन्त्री छनोटमा कुरा नमिलेपछि कर्णालीमा शपथ कार्यक्रम स्थगित

सोमवार, भाद्र ८ २०८३
  • काठमाडौं । कर्णालीमा सोमबार बिहान ११ बजेका लागि राखिएको मन्त्रीको शपथ कार्यक्रम स्थगित गरिएको छ । मन्त्री छनोटमा कुरा नमिलेपछि शपथ कार्यक्रम नै स्थगित भएको हो।

    यसअघि मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयमा फोन गरेर शपथका लागि समय माग गरेका थिए। प्रदेश प्रमुखको कार्यालयले ११ बजेका लागि समय तोक्यो । तर मुख्यमन्त्री शाहीले मन्त्रीको सिफारिस पठाउन सकेनन् । अहिले मुख्यमन्त्री शाही स्वयम् प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख यज्ञराज जोशीसँग भेट गरी शपथ कार्यक्रम स्थगन गरिदिन आग्रह गरेको स्रोतले बताएकाे छ।

    images

    ‘हाम्रो कुरा मिलेन हजुर, कार्यक्रम रोकिदिनुहोस् भन्नुभयो,’ प्रदेश प्रमुखको कार्यालय स्रोतले रातोपाटीसँग भन्यो- ‘अब ११ गतेसम्म हुन्छ कि भन्ने तरिकाले मुख्यमन्त्रीले कुरा गर्नुभयो ।’ यसअघि विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम मन्त्रीका लागि चर्चामा थियो । तर साबिक समाजवादी धारले नमानेको स्रोत बताएकाे छ।

    साबिक समाजवादी धारले कल्याणी खड्कालाई जसरी पनि मन्त्री बनाउनुपर्ने भनेको छ । साबिक समाजवादीका एक जना मात्रै समानुपातिक सांसद छिन्।

    साथै,अन्य सांसदले पनि मन्त्रीका लागि दाबी गरिरहेकाले मुख्यमन्त्री शाहीलाई मिलाउन सकस भएको छ । भागबन्डा अनुसार, नेकपाको भागमा ३ मन्त्रालय परेको छ । एमालेले भने आफ्नो भागमा परेका ३ मन्त्रालयमा यसअघि मन्त्री पठाइसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार