Oct 30 2026 | २०८३ कार्तिक १४ गते

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

आइतवार, भाद्र ७ २०८३
  • काठमाडौं । सरकारसँग १४ बुँदे सहमति भएपछि ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू घर फर्किएका छन्।नेपाल सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १४ बुँदे सहमति जुटेपछि ऋणीहरूले धर्ना स्थगित गरेका हुन्।

    सहमति कार्यान्वयनका लागि प्रारम्भिक प्रक्रिया अघि बढेसँगै आइतबार बिहान ८:५० बजे सरकारले व्यवस्था गरेका साझा यातायातका बसमार्फत उनीहरू आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका हुन्।

    images

    विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई आठवटा बसमार्फत बिदाइ गरिएको थियो।उनीहरूलाई झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा, नवलपरासीलगायत जिल्लातर्फ पठाइएको जनाइएको छ।सरकारसँग भएको १४ बुँदे सहमतिपछि लामो समयदेखि जारी धर्ना तथा आन्दोलन तत्कालका लागि स्थगित भएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार