Oct 30 2026 | २०८३ कार्तिक १४ गते

बालिकामाथि भएको जघन्य अपराधका दोषीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

बालिकामाथि भएको जघन्य अपराधका दोषीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

आइतवार, भाद्र ७ २०८३
  • काठमाडौँ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। आइतबार युवाहरुले प्रदर्शन गर्दै पीडित परिवारलाई तत्काल न्याय दिन र दोषीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

    हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर माइतीघर पुगेका प्रदर्शनकारीहरूले बलात्कार र हत्या जस्ता जघन्य अपराधविरूद्ध कडा कानुन निर्माण गर्नुपर्ने र अपराधीहरूलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए। युवाहरुले पछिल्लो समय महिला तथा बालबालिकामाथि हुने यस्ता जघन्य अपराधका घटना बढ्दै गएको र कानुनी प्रक्रिया फितलो हुँदा अपराधीहरूले उन्मुक्ति पाउने वातावरण बनेको भन्दै आक्रोश व्यक्त गरे।

    images

    उनीहरूले सरकार र पीडित गरिमा चौधरीको परिवारबीच भएको सम्झौता उल्लेख गर्दै घटना घटिसकेपछि राज्यले पीडित परिवारसँग सम्झौता गर्ने मात्र नभएर गरिमा जस्ता बलात्कार भएर आफ्नो ज्यान गुमाउनुपर्ने छोरीहरूको न्यायको लागि कडा कानुन ल्याउनुपर्ने माग गरेका छन् । यद्यपी सरकार र पीडित पक्षबीच भने शनिबार राती सम्झौता भएको छ।

    सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार