Oct 30 2026 | २०८३ कार्तिक १४ गते

पूर्वराजा ज्ञानेन्द्रसँग धवल शमशेरबीच ‘वान टु वान’ दुई घण्टा कुराकानी, के–के विषयमा भयो छलफल?

पूर्वराजा ज्ञानेन्द्रसँग धवल शमशेरबीच ‘वान टु वान’ दुई घण्टा कुराकानी, के–के विषयमा भयो छलफल?

आइतवार, भाद्र ७ २०८३
  • काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाबाट अलग भएका धवल शमशेर जबराकाबीचमा करिब दुई घण्टा ‘वान टु वान’ कुराकानी भएको छ।

    राप्रपाको महामन्त्री रहेका राणाले केही दिनअघि अलग दल घोषणा गरेका थिए ।  उनको दलको प्रमुख एजेन्डा नै राजतन्त्र फर्काउने हो।

    images

    जय नेपाल पार्टी खोलेर पहिलो केन्द्रीय कार्यसमिति बैठकसमेत गरिसकेका पूर्वसांसद राणाले पूर्वराजा ज्ञानेन्द्रसँग भेट भएको र करिब दुई घण्टा कुराकानी गरेका नेपाल लाइभलाई बताए ।  उनीहरुको भेट  काठमाडौंस्थित सोल्टी होटलमा शनिबार भएको हो।

    हिमानी ट्रस्टले आयोजना गरेको कार्यक्रमका उनीहरू सहभागी थिए। सोही क्रममा समय निकालेर सभापति राणा र पूर्वराजा शाहबीच 'वान टू वान' दुई घण्टा कुराकानी भएको जय नेपाल पार्टीका अर्का नेता सगुनसुन्दर लावतीले बताए।

    पार्टीका सचिवालय प्रमुख रहेका लावतीले पूर्वराजा शाह र सभापति राणाबीच समसामयिक राजनीतिक घटनाक्रम देखि धेरै विषयमा कुराकानी भएको छ ।  उनले भेट फलदायी र अर्थपूर्ण भएको दाबी गरे।

    सभापति राणाले  करिब दुई घण्टा चलेको छलफलमा जय नेपाल पार्टी गठन, यसका उद्देश्य र मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ।

    समसामयिक राजनीतिक र सामाजिक अवस्थाका बारेमा लामो कुराकानी भएको उनले बताए । नयाँ पार्टी गठन भएको विषयमा पूर्वराजाले  शुभकामना दिएको र केही राय सल्लाह पनि दिएको उनले बताए । पूर्वराजा शाहले सभापति राणालाई सबैलाई समेटेर अघि बढ्न सुझाव दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार