Oct 28 2026 | २०८३ कार्तिक १२ गते

विदेश पठाइ दिने भन्दै १७ लाख ठगेको आरोपमा दुई जना पक्राउ

विदेश पठाइ दिने भन्दै १७ लाख ठगेको आरोपमा दुई जना पक्राउ

आइतवार, भाद्र ७ २०८३
  • काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ का ३७ वर्षीय नवीन लामा र सल्ल्यानको शारदा नगरपालिका–२ घर भएका ५० वर्षीय रमेश रेउलेलाई ठगीको आरोपमा पक्राउ गरिएको हो।

    प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने बहानामा तीन जनाबाट १४ लाख र रमेशले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट तीन लाख रुपैंयाँ लिएका थिए। रकम लिएपछि सम्पर्कविहीन उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले गत शुक्रबार पक्राउ गरेको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार