Oct 30 2026 | २०८३ कार्तिक १४ गते

२ दिनमा तोलामा १२ हजार ६ सय बढेको सुनको भाउ आज पनि बढ्यो

२ दिनमा तोलामा १२ हजार ६ सय बढेको सुनको भाउ आज पनि बढ्यो

आइतवार, भाद्र ७ २०८३
  • काठमाडौँ । दुई दिनमा तोलामा १२ हजार ६ सय बढेको सुनको भाउ आज पनि बढेको छ। चाँदीको भाउ भने आज घटेको छ।तोलामा २ हजार ८ सय रुपैयाँ बढेर सुनको भाउ आज ३ लाख १९ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यसअघि गएको शुक्रबार सुनको भाउ तोलामा ९ हजार ३ सय र शुक्रबार ३ हजार ३ सय रुपैयाँ बढेको थियो।शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १६ हजार ७ सय कायम भएको थियो। आजसहित तीन कारोबार दिनमा सुनको भाउ १५ हजार ४ सय रुपैयाँ बढिसकेको छ।

    images

    त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ।तोलामा १० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ९ सय ७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।यसअघि गएको शुक्रबार चाँदीको भाउ तोलामा १३० रुपैयाँ बढेर ४ हजार ९ सय ८५ रुपैयाँ पुगेको थियो।

    गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

    त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

    गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार