Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक अध्ययन अनुमति

विदेश पढ्न जान एक वर्षमा एक लाख १२ हजारले लिए अनुमति, जापानमा सबैभन्दा धेरै, अन्य कुन देशलाई कति ?

विदेश पढ्न जान एक वर्षमा एक लाख १२ हजारले लिए अनुमति, जापानमा सबैभन्दा धेरै, अन्य कुन देशलाई कति ?

आर्थिक वर्ष २०८०–८१ मा सबैभन्दा धेरै जापानका लागि ३४ हजार ७३१ जनाले अनुमति लिएका छन्।

बुधवार, श्रावण ९ २०८१
  • वैदेशिक अध्ययनका लागि एक आर्थिक वर्षमा एक लाख १२ हजार २५६ जनाले अनुमति लिएका छन्।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखाका अनुसार २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्म एक लाख १२ हजार दुई सय ५६ जनाले एनओसी लिएका हुन् ।

    images

    सबैभन्दा धेरै जापानका लागि

    आर्थिक वर्ष २०८०–८१ मा सबैभन्दा धेरै जापानका लागि ३४ हजार ७३१ जनाले अनुमति लिएका छन्। गत आर्थिक बर्ष २०७९/८० को लागि जापानको लागि २१ हजार ६५८ जनाले एनओसी लिएका थिए । 

    अन्य कुन देशको लागि कति ? 

    जापानपछि नेपाली विद्यार्थीहरूको दोस्रो रोजाइमा क्यानडा छ।क्यानडामा अध्ययनका लागि १५ हजार ९८२ जनाले अनुमति लिएका छन्। गत आर्थिक बर्ष २०७९/८० को क्यानडाका लागि २१ हजार ५४४ जनाले एनओसी लिएका थिए । 

    त्यस्तै, अस्ट्रेलियाका लागि १४ हजार ३७२, बेलायतका लागि १३ हजार ३३९, अमेरिकाका लागि ११ हजार २६१ र दक्षिण कोरियाका लागि ६ हजार ८८९ जनाले अनुमति लिएका छन्।

    गत आर्थिक बर्ष २०७९/८० को अस्ट्रेलियाका लागि ३३ हजार ९९१ जना, बेलायतका लागि १० हजार ५२७ जना र दक्षिण कोरियाका लागि तीन हजार ४६ जनाले अनुमति लिएका थिए । 

    युएई, चीन, माल्टा, मलेसिया लगायत विभिन्न ६६ मुलुकमा अध्ययनका लागि अनुमति लिएका छन्।

    हेनुस् सूची, 

    1.JPG

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार