Oct 28 2026 | २०८३ कार्तिक १२ गते

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन निर्वाचन आयोगले अघि बढायो प्रक्रिया

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन निर्वाचन आयोगले अघि बढायो प्रक्रिया

शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने प्रक्रिया अघि बढाएको छ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विदेशमा रहेका नेपालीलाई मताधिकार प्रदान गर्न आवश्यक कानुनी तथा सूचना प्रविधिसम्बन्धी सुधारबारे अध्ययन गरी सुझावसहितको प्रतिवेदन तयार गर्न दुईवटा समिति गठन गरिएको छ।

    आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा गठित समितिले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन आवश्यक कानुनी व्यवस्थाबारे अध्ययन गर्नेछ। समितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सदस्य छन्।

    images

    त्यस्तै, निर्वाचन आयुक्त डा. राजीव सुब्बाको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ। उक्त समितिले सूचना प्रविधिको प्रयोगमार्फत निर्वाचन प्रक्रियालाई सुरक्षित, पारदर्शी, प्रभावकारी, समावेशी र विश्वसनीय बनाउने उपायबारे अध्ययन गर्नेछ। समितिमा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र, नेपाल प्रहरीको साइबर ब्युरोलगायत निकायका प्रतिनिधि छन्।

    आयोगका अनुसार दुवै समितिले काम सुरु गरेको मितिले ३० दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्नुपर्नेछ।निर्वाचन आयुक्त सुब्बाले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्ने विषय प्रविधिको छनोटमा मात्र सीमित नरहेको बताएका छन्। मतदाता पहिचान, निर्वाचन क्षेत्रसँगको सम्बन्ध, कानुनी आधार, मतदानको गोपनीयता, साइबर सुरक्षा, पहुँच, विश्वसनीयता, लागत, कार्यान्वयन क्षमता र जनविश्वासलगायत विषयमा गम्भीर अध्ययन आवश्यक रहेको उनले बताएका छन्।

    सुब्बाले यस विषयमा भएका अनुसन्धान, अन्तर्राष्ट्रिय अनुभव, व्यावहारिक अवधारणा तथा सुझाव उपलब्ध गराउन सरोकारवालासँग आग्रह गरेका छन्। प्राप्त सुझावले अध्ययनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार