Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भन्दै ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भन्दै ठगी गर्ने पक्राउ

शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रु १२ लाख ८० हजार ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिरहा जिल्ला, सिरहा नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–५ टीकाथली बस्ने ३२ वर्षीय सुशान्त सिंह रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    images

    वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरण काठमाडौँबाट पक्राउ अनुमति लिई निजलाई काठमाडौँ शङ्खमुलबाट पक्राउ गरिएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

    निजलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार