Oct 28 2026 | २०८३ कार्तिक १२ गते

थाइल्यान्डबाट पार्सल गरिएको गाँजा बुझ्न आएका दुई युवक पक्राउ

थाइल्यान्डबाट पार्सल गरिएको गाँजा बुझ्न आएका दुई युवक पक्राउ

बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौँ । थाइल्यान्डबाट पार्सल आएको गाँजा बुझ्न आएका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।लागूऔषधि नियन्त्रण ब्यूरोका अनुसार, साउन २४ गते थाइल्यान्डबाट कुरिएर आएको सामान जाँच गर्दा दुई वटा पार्सलमा गाँजा भेटिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको पार्सल बुझ्न आउनेलाई प्रहरी निगरानीमा राखेको थियो।

    पार्सल बुझ्न आएका दुई युवकलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का २३ वर्षीय मनोहर हरिजन र भारतको उत्तर प्रदेशस्थित बस्ती परसरामपुरका १८ वर्षीय निखित वर्मा रहेका छन्। उनीहरूबाट ३.२ किलोग्राम गाँजा र दुई वटा मोबाइल पनि बरादम गरिएको एसपी रेग्मीले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार