Oct 28 2026 | २०८३ कार्तिक १२ गते

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौं । युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका,३१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका,२ घर भएका २६ वर्षीय रिजवान शेषलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

    रिजवानले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका,३१ बाट पक्राउ गरेको हो ।

    images

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार