Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आईटी इन्जिनियरिङ पढ्दै गरेका युवक लागु औषध कारोबारमा, राइड सेयरिङ मार्फत डेलिभरी

आईटी इन्जिनियरिङ पढ्दै गरेका युवक लागु औषध कारोबारमा, राइड सेयरिङ मार्फत डेलिभरी

बुधवार, श्रावण २० २०८३
  • काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कस्थित गेष्ट हाउसमा बसेर लागु औषध कारोबार गर्ने एउटा समूहलाई प्रहरीले पक्राउ गरेको छ । मधेस प्रदेशको सप्तरीबाट लागु औषध खैरो हेरोइन ल्याएर काठमाडौँमा कारोबार गर्ने समूहका ३ जनालाई पक्राउ गरिएको लागु औषध नियन्त्रण व्यूरोका एसपी दुर्गाराज रेग्मीले बताए।

    पक्राउ पर्नेमा ओखलढुंगा घर भएका ३४ वर्षीय हित बहादुर बस्नेत, सप्तरीको राजगढ गाउँपालिका–७ घर भएका १९ वर्षीय रामकृष्ण शर्मा र धनुषा जनकनन्दिनी गाउँपालिका–३ घर भएका २१ वर्षीय धनञ्जय पासवान छन्।

    images

    आरोपीहरूको साथबाट ४३ ग्राम खैरो हेरोइन बरामद गरिएको एसपी रेग्मीले जानकारी दिए । धनञ्जय पासवान आइटी इन्जिनियरिङ पढ्दै गरेका विद्यार्थी हुन् । सप्तरीबाट भुजाको बोरामा लुकाएको लागु औषध माइक्रोमा हालेर स्कर्ट गर्दै उनी काठमाडौँसम्म आउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।

    हित बहादुर बस्नेत नयाँ बसपार्कको गेष्ट हाउसमा बसेर खैरो हेरोइन बेच्ने आरोपी हुन् । उनी स्कुल बसको चालक समेत रहेको अनुसन्धानबाट थाहा भएको छ । रामकृष्ण शर्माले राइड सेयरिङ इनड्राइभ मार्फत खैरो हेरोइन मगाएर खरिद गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । ५ पटक कारोबार हुँदा पनि खैरो हेरोइन बेच्ने र किन्नेहरूको बिचमा आमने सामाने भएका थिएनन्।

    राइड सेयरिङमार्फत कारोबार गर्ने हुनाले उनीहरू आमने सामने नभएका हुन् । रकम पनि उनीहरूले राइड सेयरिङ मार्फत नै पठाउन लगाउने गरेको भेटिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार