Oct 28 2026 | २०८३ कार्तिक १२ गते

काठमाडौँमा ठूलो परिमाणमा लागुऔषधसहित कारोबारी पक्राउ

काठमाडौँमा ठूलो परिमाणमा लागुऔषधसहित कारोबारी पक्राउ

सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँको नक्साल क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका- १ नागपोखरी बस्ने वर्ष ४३ को प्रभात तिवारी, सर्लाही जिल्लाको मंलगवा नगरपालिका- ८ का सुजन रायमाझी, काठमाडौँ महानगरपालिका- १४ बल्खु बस्ने भुपेन्द्र श्रेष्ठ र ललितपुरको बाग्डोल ४ बस्ने वर्ष ५१ को सविन श्रेष्ठ रहेका छन्।

    उनीहरूको साथबाट ब्राउन सुगर २८९.३५ ग्राम, टामाडोल २२ पता २२० क्याप्सुल, नाईटो भेट १३० क्याप्सुल, ब्राउन सुगर जोख्ने तराजु र लागुऔषधमा मिसाउने लिकुड केमिकल-२९ बोतल बरामद भएको सशस्त्रले जनाएको छ। यस्तै, बा ७ च:५१८० नम्बर को होण्डा गाडी, मोबाइल ४ थान, प्रिन्टर १ थान, नगद नेपाली रुपैयाँ एक लाख ९८ हजार ३७५, विदेशी मुद्रा (डलर) ३३, भारतीय पैसा २०, जापानी येन १०००, संचार सेट २ वटा र ३ थान ल्यापटप पनि बरामद भएको छ।

    images

    नागपोखरी एरियाबाट लागुऔषध ओसारपसार तथा बेचविखन भइरहेको भन्ने विषेश सूचनाको आधारमा इन्टिलिजेन्स ब्युरोबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुवर्ण थापा र इन्सपेक्टर रवीन्द्र भट्ट नेतृत्वमा खटिएको टोलीले सोमबार अपरान्ह उनीहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि बाघभैरव नं १८ गणबाट अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार