Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आधा केजीभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

आधा केजीभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ। प्रहरीले ठुलो परिमाणको खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बाट ५७८ ग्राम ९५० मिलिग्राम खैरो हेरोइनसहित आरोपीहरूलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले बताए।

    पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–४ घर भएका ३० वर्षीय सुशील भण्डारी र नेपालगन्ज–१० घर भएका ५५ वर्षीय अरुण कुमार जयसवाल छन् ।

    images

    759521516_4613044562350223_3074786037154459336_n

    उनीहरूले सो लागुऔषध भारतको बाह्रपंखीबाट ल्याएका हुन्।कर्णाली र लुम्बिनी प्रदेशमा लागुऔषध कारोबार गर्न उनीहरूले नेपालगन्जमा डिलर सञ्चालन गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।अरुणकुमार जयसवाल पटके कारोबारी हुन्।२०७५ असोज २४ ग्राम खैरो हेरोइन सहित पक्राउ परेका जयसवाल ३ वर्ष जेल बसेर छुटेको थाहा भएको छ।

    ब्युरोको नेपालगन्ज शाखाबाट खटिएको प्रहरीले नेपाली रुपैयाँ १ लाख ८० हजार र भारतीय रुपैयाँ २ लाख १४ हजार बरामद गरेको छ।उनीहरूलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको एसएसपी बोहराले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार