Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सर्लाहीबाट करिब १ सय ९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सर्लाहीबाट करिब १ सय ९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ। सर्लाहीको लालबन्दी नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब १ सय ९ किलोग्रामसहित सोमबार बिहान दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा भारत सीतामढी थाना समुद्रका २६ वर्षीय दीपक कुमार महतो र २५ वर्षीय अमन कुमार रहेका छन्।

    इलाका प्रहरी कार्यालय नवलपुरसमेतबाट खटिएको प्रहरी टोलीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बीआर ०९ एम ३७६६ नम्बरको कारलाई जाँच गरेको थियो। जाँचका क्रममा कारको डिक्किमा लुकाएर राखिएको २३ वटा पोकामा उक्त परिमाणको गाँजा फेला परेपछि चालक दीपक र कारमा सवार अमनलाई पक्राउ गरिएको हो।पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    images
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार