Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मुगुका लालबहादुरकाे पीडामा स्पेनबाट सहयोग

मुगुका लालबहादुरकाे पीडामा स्पेनबाट सहयोग

आइतवार, श्रावण १७ २०८३
  • काठमाडौं । सुत्केरी व्यथाबाट श्रीमती बितेपछि तीन सन्तान र वृद्ध आमाबुवाको जिम्मेवारी एक्लै बोकेर संघर्ष गरिरहेका मुगुको सोरु गाउँपालिका–८ रुमा गाउँका लालबहादुर रावललाई स्पेनबाट मानवीय सहयोग प्राप्त भएको छ ।

    भौगोलिक विकटता र स्वास्थ्य सेवाको अभावका कारण गत भदौमा सुत्केरी व्यथाले छटपटाएकी श्रीमतीलाई पाँच घण्टा स्टेचरमा बोकेर गमगढीस्थित जिल्ला अस्पताल पुर्याइए पनि अत्यधिक रक्तस्रावका कारण उनको ज्यान बचेन। तर चिकित्सकले नवजात शिशुलाई भने बचाएका थिए।

    images

    श्रीमतीको निधनपछि ११ महिनाको शिशु, १४ वर्षीय छोरा, १२ वर्षीया छोरी र वृद्ध आमाबुवाको पालनपोषणको सम्पूर्ण जिम्मेवारी लालबहादुरमाथि आएको छ। गाउँका ‘धामी’ भएकाले परम्परागत सामाजिक बन्देजका कारण नियमित रोजगारी गर्नसमेत कठिनाइ भएको उनले बताएका छन्।

    आफ्नो पीडा लिएर विभिन्न निकाय र स्थानीय तहमा पुगे पनि सहयोग नपाएपछि उनले पत्रकार रतन रावलमार्फत आफ्नो अवस्था सार्वजनिक गरेका थिए। त्यसपछि स्पेनको कोस्टा ब्लाङ्कामा रहेका मुगुका समाजसेवी तथा अक्कल कोपिला फाउन्डेसनका संस्थापक अक्कलबहादुर बोहराले सहयोगको पहल गरेका हुन्।

    फाउन्डेसनका प्रतिनिधिले रावलको घरमै पुगेर परिवारका लागि लत्ताकपडा, खाद्यान्न, स्वास्थ्य सामग्री तथा बालबालिकाका लागि शैक्षिक सामग्री हस्तान्तरण गरेका छन्। राहत पाएपछि भावुक बनेका लालबहादुरले दुःखको घडीमा आफूलाई साथ दिएका अक्कलबहादुर बोहरा र फाउन्डेसनप्रति आभार व्यक्त गरेका छन्।

    यो घटनाले कर्णालीका दुर्गम बस्तीमा सुत्केरी सेवाको अभाव अझै गम्भीर रहेको यथार्थलाई पुनः उजागर गरेको छ। साथै, संकटमा परेका परिवारलाई व्यक्तिगत र सामाजिक पहलले पनि ठूलो सहारा दिन सक्ने सन्देश दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार