Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रहरीले खुलायो थाइल्याण्डबाट गाँजा ल्याउने दुई भारतीयको परिचय

प्रहरीले खुलायो थाइल्याण्डबाट गाँजा ल्याउने दुई भारतीयको परिचय

बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ । थाइल्याण्डबाट गाँजा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका दुई जना भारतीयको परिचय प्रहरीले सार्वजनिक गरेको छ। लागुऔषध नियन्त्रण ब्यूराेले बुधबार बिहान थाइल्याण्डबाट विमानस्थलमा ओर्लिएका दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो।

    पक्राउ पर्नेमा महाराष्ट्र घर भएका सिद्धनाथ उत्तम जाधव र सोमनाथ शंकर खड्के छन्। उनीहरुले ल्याएको साढे ८ केजी गाँजा बरामद गरिएको लागु औषध नियन्त्रण ब्यूराेका एसएसपी सुवास बोहराले बताए।

    images

    थाई एयरवेजको उडानमार्फत आएका उनीहरुले च्यावनप्रास, कस्मेटिक आइटम र चकलेटको बट्टामा लुकाएर गाँजा ल्याएको भेटिएको छ । बरामद गाँजाको मूल्य करिब १ करोड ३० लाख पर्ने अनुसन्धान अधिकृतहरू बताउँछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार