Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रश्मी आत्मदाह प्रकरण : ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न मागसहित जाहेरी

रश्मी आत्मदाह प्रकरण : ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न मागसहित जाहेरी

मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौं । कारभित्रै आफैँमाथि आगो लगाएर आत्मदाह गरेकी रश्मी रिजालको परिवारले आत्मदाहको कारणको खोजी माग गर्दै प्रहरीमा जाहेरी दिएको छ ।

    जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार उनका पति श्रीराम खनालले ज्यानसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका हुन् ।

    images

    काठमाडौंको तारकेश्वर- ९ मा बसोबास गर्दै आएकी उनी सोही नगरपालिकाको वडा नं. १ स्थित कालेबास चुनदेवी बालुवा प्रशोधन केन्द्रस्थित एमजी गाडीको पछाडिको भागमा मृत भेटिएकी थिइन् । रिजाल नक्सालस्थित सानिमा क्यापिटल एण्ड मर्चेन्ट कम्पनीमा कम्प्लाइन्स अफिसर तथा प्रवक्ताको जिम्मेवारीमा थिइन् ।

    उनको आत्मदाहको कारण तथा दोषीमाथि कारबाही माग गरिएको जाहेरीमा कसैको नाम भने उल्लेख नभएको एसपी भट्टराईले बताए । यद्यपि, अनौपचारिक छलफलका क्रममा पारिवारिक कारण नरहेको परिवारका सदस्यले भनेका छन् ।

    पारिवारिक संकेत अनुसार कार्यालय वा अन्य केही कारण हुनसक्ने अनुमानका साथ अनुसन्धान अगाडि बढेको अनुसन्धानरत एक प्रहरीले बताए । त्यसक्रममा सीसीटीभी फुटेजको अध्ययन, उपलब्ध प्रमाण तथा घटना हुनुभन्दा केही दिन अगाडि मृतक रिजालका गतिविधिमाथि अनुसन्धान भइरहेको ती प्रहरीले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार