Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भन्सार छलेर ल्याउँदै गरेको ३२ बोरा चिनी बरामद

भन्सार छलेर ल्याउँदै गरेको ३२ बोरा चिनी बरामद

सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ । काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले काँकडभिट्टाबाट बिर्तामोडतर्फ ल्याउँदै गरेको चिनी बोकेको एउटा पिकअप र एउटा मोटरसाइकल पूर्व पश्चिम राजमार्गअन्तरगत अर्जुनधारा नगरपालिका–११ कालाझोडाबाट आइतबार बिहान करिब ३:३० बजे नियन्त्रणमा लिएको हो ।

    सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेका सप्रनि अमरबहादुर भुजेलको कमान्डमा खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाको आधारमा प्र–१–०१–००१ ज ४०३६ नम्बरको पिकअप र मे १० प ५७५५ नम्बरको मोटरसाइकलमा लोड गरी भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको ३२ बोरा चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाले जनाएको छ ।

    images

    बरामद गरिएको चिनीको अनुमानित मूल्य १ लाख १२ हजार, पिकअपको १० लाख तथा मोटरसाइकलको २ लाख गरी जम्मा १३ लाख १२ हजार बराबर रहेको जनाइएको छ । बरामद गरिएको चिनी, पिकअप र मोटरसाइकल आवश्यक कारबाहीका लागि सोमबार भन्सार कार्यालयमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ ।

    सशस्त्र स्रोतका अनुसार सो चिनीसहितका दुई वटै सवारीसाधन बिर्तामोडका कारोबारी पिन्टु साहको रहेको जनाएको छ । साहले काँकडभिट्टाबाट दैनिक लाखौँ मुल्य बराबरको खाद्यान्न सामग्रीसहित लत्ताकपडा लगायतका सामान भन्सार छलेर भित्राउँदै आइरहेको छ । कारोबारी साहले काँकडभिट्टामा खटिएका सुरक्षाकर्मीहरूलाई समेत मासिक रुपमा लाइन बुझाउँदै खुलेआम रुपमा भन्सार छलेका सामान बिर्तामोडसम्म ल्याउँदै आइरहेका छन् ।

    उनले सशस्त्रका कारबाहीमा परेका हरि मगरलाई लाइन बुझाएर काम गर्दै आइरहेका थिए । मगर कारबाहीमा परेपछि उनको सामान सशस्त्र प्रहरीले बरामद गरेको कारोबारी स्रोतको दाबी छ । बिर्तामोडमा आउने ठूलो मात्राका खाद्यान्न सामग्री साह बाहेक अरू कसैले पनि भित्राउन नसक्ने स्रोतको दाबी छ । 

     
    facebook sharing button
    messenger sharing button
    twitter sharing button
    whatsapp sharing button
    viber sharing button
    sharethis sharing button

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार