Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...

बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) गोविन्दकुमार साह आफैँ ठगीमा परेको भनी दुखेसो पोखेका छन्।

    धितोमा रहेको आफ्नो जग्गा बैंकमा पुनःधितो राखी अरु कसैले रु चार करोड ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनले जानकारी दिए।

    images

    धनुषाको विदेह नगरपालिका–८ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–२ मा बसोबास गर्दै आएका साहले आफू ठगिएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

    पूर्वएसएसपी साहका अनुसार वि.सं. २०७९ मा चिनजानका व्यक्तिसँग रु ९९ लाख ऋण लिइ विदेह नगरपालिका–६ तीनकौरियाको पत्नीका नाममा रहेको पाँच कठ्ठा १३ धुर दृष्टिबन्धक गरिदिएकामा उनलाई थाहा नै नदिइ ती व्यक्तिले अर्कालाई त्यो जग्गा पुनः धितो राखी रु चार करोड ऋण लिएका थिए।

    पूर्वसुरक्षाकर्मी साहका अनुसार ऋणको साँवा–ब्याज तिर्ने र जग्गा फिर्ता गरिदिन पटक–पटक आग्रह गर्दा ती व्यक्तिले विभिन्न बहाना बनाएपछि उनले ठगीको उजुरी दर्ता गराएका छन्।

    पूर्ववरिष्ठ उपरीक्षक साहको जाहेरीका आधारमा धनुषा प्रहरीले ठगीको अभियोग लागेका स्थानीय गोपाल साह, उनकी पत्नी रेखाकुमारी साह तथा छोरा हरेराम साहलाई पक्राउ गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार