Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सन्तोषकुमार थापा नेपाल स्काउटको अन्तरिम राष्ट्रिय कार्यकारी समितिमा प्रमुख आयुक्त नियुक्त

सन्तोषकुमार थापा नेपाल स्काउटको अन्तरिम राष्ट्रिय कार्यकारी समितिमा प्रमुख आयुक्त नियुक्त

बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौं । महानगरपालिकाको प्रमुख हुँदा प्रधानमन्त्री बालेन्द्र शाह निकट सन्तोषकुमार थापा नेपाल स्काउटको अन्तरिम राष्ट्रिय कार्यकारी समितिमा प्रमुख आयुक्त नियुक्त भएका छन्।

    मन्त्रिपरिषद्को बैठकले हिजो उनलाई उक्त पदमा नियुक्त गरेको हो । 

    images

    थापालाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयमा हिजै नियुक्तिपत्र हस्तान्तरण गरेका थिए । सन्तोष गत स्थानीय तह निर्वाचनमा बालेनको चुनावी अभियानमा सक्रिय थिए । पछिल्लो समय प्रधानमन्त्री बालेन,रवि लामिछाने निकट मानिएकाहरू विभिन्न सार्वजनिक निकाय र सरकारी जिम्मेवारीमा नियुक्त भएका छन् । अहिले थापाको नियुक्ति पनि त्यही शृंखलाको निरन्तरता भएको बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार