Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाली श्रमिक इजरायल नपठाउन अपिल

नेपाली श्रमिक इजरायल नपठाउन अपिल

मंगलवार, आषाढ १८ २०८१
  • काठमाडौं । अभियन्ताहरूले युद्धरत इजरायलमा रोजगारीका लागि नेपाली नागरिकलाई नपठाउन आग्रह गरेका छन् ।
     
    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरका रूपमा नेपाली कामदार पठाउने प्रक्रिया अगाडि बढाएको थियो । अभियन्ताहरूले सरकारको उक्त निर्णय तत्काल रद्द गर्न माग गरेका हुन् ।
     
    ‘सम्बद्ध मन्त्रालय नेपाल सरकारलाई नेपाली नागरिकहरूको बाँच्न पाउने मौलिक हकबाट उनीहरूलाई वञ्चित नगर्न र मानव अधिकारको न्यूनतम प्रतिबद्धता पालना गर्न हाम्रो अनुरोध छ ।’ वक्तव्यमा भनिएको छ । वक्तव्यमा सरकारलाई ‘नेपाली श्रमिकको बाँच्न पाउने मौलिक हकको सवालसँगै उनीहरूलाई इजरायलमा पठाउनु भनेको इजरायलले गरेको नरसंहारमा नेपालको सहयोग र समर्थन रहेको हो ’ ।
     
    २०२३ अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाएका थिए । एकजना अझै बेपत्ता छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार