Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न आवश्यक छ : मन्त्री अर्याल

वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न आवश्यक छ : मन्त्री अर्याल

मंगलवार, आषाढ १८ २०८१
  • काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन् ।

    सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ औँ स्थापना दिवस तथा ३० औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री अर्यालले व्यवसायलाई मर्यादित र व्यवस्थित गर्नुपर्ने बताएका हुन् । उनले मुलुकको समृद्धि नेताको भाषणबाट नहुने  बताउदै निजी क्षेत्रको प्रयासबाट मात्रै संभव हने बताएका छन् । अर्यालले विदेशबाट स्वदेश फर्किएका नेपालीहरूले फेरि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न सरकारले आवश्यक काम गर्नुपर्ने बताए ।

    images

    उनले वैदेशिक रोजगारीमा लैजाने भनेर ठग्ने र ठगिने दुवै नेपाली नागरिक भएकाले व्यवसायी र सरकार मिलेर ठगी रोक्न आवश्यक रहेको बताए । मेनपावर व्यवसायीहरूलाई भिजिट भिसामा पठाउने र वैदेशिक रोजगार कार्यालयबाट व्यक्तिगत भनेर श्रमस्वीकृत गर्न मेनपावर व्यवसायीको संलग्नतामा भएको पाइएको भन्दै त्यस्तो काम तत्काल बन्द गर्न आग्रह गरे ।

    श्रममन्त्री अर्यालले सबै नेपालीहरूले सम्मानजनक तरिकाबाट व्यवसाय गर्न बाच्नको लागि सहयोगीको भूमिका खेल्ने चाहना भएको भन्दै मेनपावर व्यवसायीसँग दुश्मन कमाउने कुनै रहर नभएको बताए । उनले नेपाली नागरिकलाई विदेशमा गएर कमाउने वातावरण मेनपावर व्यवसायीहरूले नै बनाउनु भएको भन्दै मेनपावर व्यवसायीहरूप्रति आफ्नो कुनै गुनासो र रिस नभएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार