Oct 28 2026 | २०८३ कार्तिक १२ गते

यस्ता छन् सुदूरपश्चिम प्रदेशका पूर्वाधार र रोजगारी क्षेत्रका चुनौती र सम्भावना

यस्ता छन् सुदूरपश्चिम प्रदेशका पूर्वाधार र रोजगारी क्षेत्रका चुनौती र सम्भावना

मंगलवार, आषाढ १८ २०८१
  • नेपाल श्रमशक्ति सर्वेक्षण २०७५/७६ को प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशमा औषत वेरोजगारी दर समग्र नेपालको
    भन्दा ०.१ प्रतिशतले बढी रहेको छ । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको अर्ध–वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०/८१ मा यस्तो देखाएको हो । 

    images

    उक्त प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय गौरव तथा प्रदेश गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न सके यस क्षेत्रमा बसोबास गर्ने जनताहरुलाई पूर्वाधार र यातायातको सुविधामा सहज पहुँच हुनुका साथै, स्थानीय उत्पादनलाई बजारीकरण गर्न समेत सहज भई आर्थिक क्षेत्र थप चलायमान बनाउन सकिन सम्भावना उल्लेख गरिएको छ । 

    यस्तै, सडक, सिँचाई, खानेपानी र सञ्चार लगायतका पूर्वाधार निर्माण सम्बन्धी कार्यहरुमा विभिन्न सरोकारवाला
    निकायहरुबीच आपसी समन्वयको विकास गरी निर्माण कार्य व्यवस्थित गर्ने कार्य चुनौतीपूर्ण रहेको जनाइएको छ । 

    पूर्वाधार र रोजगारी क्षेत्रका चुनौती

    – भौगोलिक विकटता तथा जलवायु परिवर्तनका कारणले हुने भू–क्षय, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपलाई
    नियन्त्रण गर्नु । प्राकृतिक प्रकोप (बाढी, पहिरो) को कारण पूर्वाधार निर्माण कार्य ढिलाई हुनुका साथै अनुमानित लागतको तुलनामा यथार्थ खर्च उल्लेख्य रुपमा बढी हुने गरेको छ ।

    – ठूला विकास निर्माणका आयोजना सञ्चालनका लागि आवश्यक आर्थिक तथा प्राविधिक स्रोत साधनको जोहो
    गर्नु । देश गौरवका आयोजनाहरु, रणनीतिक महत्वका पूर्वाधार आयोजना र राष्ट्रिय गौरवका आयोजनाहरु गुणस्तरीय रुपमा समयमा नै सम्पन्न गर्नु ।

    – पूर्वाधार निर्माण सम्बन्धमा भएका कार्यहरुको अभिलेख व्यवस्थित गर्दै स्थानीय आवश्यकता अनुसार विकास
    निर्माणका योजना बनाउनु ।

    – उद्योग सञ्चालन प्रोत्साहनका लागि सुपथ मुल्यमा भरपर्दो विद्युतीय सेवाको उपलब्धता प्रदेशका दुर्गमा क्षेत्रमा
    समेत गराउनु ।

    – सडक, सिँचाई, खानेपानी र सञ्चार लगायतका पूर्वाधार निर्माण सम्बन्धी कार्यहरुमा विभिन्न सरोकारवाला
    निकायहरुबीच आपसी समन्वयको विकास गरी निर्माण कार्य व्यवस्थित गर्ने कार्य चुनौतीपूर्ण रहेको छ ।

    – यस प्रदेशबाट वैदेशिक रोजगारीमा जानेको संख्या प्रत्येक वर्ष उच्च दरमा वृद्धि हुँदै गईरहेको परिप्रेक्ष्यमा प्रदेश भित्रै पर्याप्त रोजगारी सिर्जना गरी दक्ष जनशक्ति तथा कामदारहरुको विदेशीने प्रवृति न्यूनीकरण गर्नु ।

    – यस प्रदेशका अधिकांश उद्योगहरु भारतीय दक्ष कामदार तथा आयातीत कच्चा पदार्थमा निर्भर रहेकोले स्वदेशी कामदारको दक्षता अभिवृद्धि गरी स्थानीय कच्चा पदार्थको प्रवद्र्धन तथा सुपथ मुल्यमा कच्चा पदार्थ आयात गर्न सकिने व्यवस्था गरी भारतीय कामदारलाई विस्थापित गर्ने कार्य चुनौतीपूर्ण देखिन्छ ।

    पूर्वाधार र रोजगारी क्षेत्रका सम्भावना 

    – राष्ट्रिय गौरव तथा प्रदेश गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न सके यस क्षेत्रमा बसोबास गर्ने जनताहरुलाई पूर्वाधार र यातायातको सुविधामा सहज पहुँच हुनुका साथै, स्थानीय उत्पादनलाई बजारीकरण गर्न समेत सहज भई आर्थिक क्षेत्र थप चलायमान बनाउन सकिने ।

    – निर्माण क्षेत्रमा दक्ष जनशक्तिको रूपमा काम गर्ने ईलेक्ट्रिसीयन, प्लम्बर, पेन्टर, कारपेन्टर आदी लगायत अन्य श्रमिक मजदुरहरू अधिकांश छिमेकी भारतीय राज्यका रहेका छन्। यी क्षेत्रमा नेपाली श्रमिक मजदुरहरू अदक्ष कामदारको रूपमा काम गर्ने गर्दछन्। यस क्षेत्रमा रोजगारीका सम्भावनाहरू प्रशस्त रहेकोले बजारको मागको
    आधारमा थप दक्ष, सीपयुक्त जनशक्ति तयार गरी बजारमा दक्ष जनशक्तिको आपूर्ति गर्न सक्ने सम्भावना
    रहेको ।

    – बेरोजगार व्यक्तिहरूलाई कृषि सहकारी वा कृषक समूहको माध्यमबाट कृषि पकेट क्षेत्रहरूको विकास गरी कृषि पेशालाई सम्मानजनक, मर्यादित र प्रतिष्ठित बनाई कृषि क्षेत्रमा थप रोजगारीका अवसरहरू सृजना गरी कृषिमा आत्मनिर्भर बनाउन सकिने । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार