Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ

वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ

बुधवार, श्रावण ६ २०८३
  • काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रु ३२ लाख ३८ हजार ठगेको अभियोगमा ४ जना पक्राउ परेका छन्।

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–१७ की ३२ वर्षीया पूजा शाही, सप्तरीको बोदेबरसाइन नगरपालिका–३ का २० वर्षीय दीपक साह,सर्लाहीको बसबरिया गाउँपालिका–३ का ४१ वर्षीय जयमङ्गलप्रसाद निसाद तथा रामेछापको मन्थली नगरपालिका–३ की ३७ वर्षीया मिना श्रेष्ठलाई ठगीको अभियोगमा मङ्गलबार पक्राउ गरिएको हो।

    images

    प्रहरीका अनुसार पूजाले बेलायत पठाइदिने भन्दै एक जनाबाट रु १७ लाख, दीपकले फ्रान्स पठाइदिने प्रलोभनमा एक जनाबाट रु पाँच लाख, जयमङ्गलले ब्रुनाई पठाइदिने भनेर एक जनाबाट रु ४ लाख ३८ हजार तथा मीनाले संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने नाममा एक जनाबाट रु ६ लाख ठगेका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार