काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज ३०औं साधारण सभा र ३२औं स्थापना दिवस मनाउँदै छ । सोही अवसरमा यस क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तितहरूलाई समान गर्ने कार्यक्रम समेत रहेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्ने उक्त साधारण सभामा नियमित बाहेक विधान संशोधनको विशेष प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ । संघका महासचिव मेघनाथ भुर्तेलका अनुसार संघबाट महासंघमा र संघको कार्यकाल दुई वर्षबाट तीन वर्ष बनाउनुका साथै भलाई कोष सञ्चालन कार्यविधिको विशेष प्रस्ताव समेत साधारण सभामा लगिने भएको छ ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले एक वर्षको कार्यकालमा वैदेशिक रोजगार क्षेत्रको सुधार र व्यवसायी हितका लागि महत्वपूर्ण आधार खडा गरेको दावी गर्दै वैदेशिक रोजगार ऐनमा रहेकोे वार्षिक सय जना कामदार पठाउनुपर्ने व्यवस्था खारेजीका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत संसदमा पु¥याएको, सेवा शुल्क परिमार्जन गर्न सकारात्मकरूपमा गरिएकाले व्यवसायी उत्साहित हुने वातावरण बनेको बताए ।



