Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारमा जाने कामदारको मानसिक स्वास्थ्य परीक्षण गर्न सुझाव

वैदेशिक रोजगारमा जाने कामदारको मानसिक स्वास्थ्य परीक्षण गर्न सुझाव

आइतवार, आषाढ १६ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारमा जाने कामदारको  मानसिक स्वास्थ्य परीक्षणलाई गर्न सरोकारवालाहरूले सुझाव दिएका छन् ।

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पावर माइण्स प्रा.लि. र मलेसियाका मनोसामाजिक परामर्शदाताहरूको समन्वयमा भएको छलफलमा उनीहरुले कामदारको शारीरिकसहित मानसिक स्वास्थ्य परीक्षणलाई पनि समावेश गर्न सुझाव दिएका हुन् ।

    images

    वैदेशिक रोजगारमा गएका युवाहरुमा सुतेको सुतैकै अवस्थामा मृत्यु हुने, डिप्रेसनका कारण बीचमै रोजगारी छोड्ने, कम्पनीसँग सेवा सुविधाजस्ता विषयमा अनावश्यक झगडा गर्ने प्रवृत्ति बढ्नु लगायत आत्महत्या गर्ने जस्ता मानसिक स्वास्थ्यसँग जोडिएको विषय भएकाले उनीहरुले शारीरिक तन्दुरुस्ती र अन्य रोगको परीक्षणसहित मानसिक स्वास्थ्यको विषय सरकारी नीतिको प्राथमिकतामा राख्नु पर्ने बताए ।

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले मानसिक स्वास्थ्य समस्या रहेका व्यक्तिलाई उचित परामर्श दिएर पठाउने र त्यसलाई नियमित स्वास्थ्य परीक्षणमा राख्नु उचित हुने बताए । आप्रवासी कामदारको मानसिक स्वास्थ्यको विषयमा अन्तर्राष्ट्रिय श्रम संगठनले गम्भीरताका साथ उठाएको भन्दै नेपालले यस विषयमा उत्तिकै गम्भीरता देखाउन जरुरी रहेको संघका प्रथम उपाध्यक्ष डिक बहादुर खत्रीले बताए । कामदार पठाउने र लिने दुवै मुलुकमा कामदारको मानसिक स्वास्थ्यको पक्ष छलफलको विषयका रूपमा प्रवेश गरिसकेको भन्दै प्रथम उपाध्यक्ष खत्रीले मन्त्रालयले यसलाई छलफलको प्राथमिकतामा राख्न जरुरी रहेकोमा जोड दिए ।

    कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा वैदेशिक रोजगार महाशाखा प्रमुख गोविन्द रिजालले मानसिक स्वास्थ्यका विषयमा पनि परामर्श गरेर गम्भीर समस्या देखिएका बिरामीलाई रोजगारीमा नपठाउन सुझाव दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार