Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सफ्टवेयरमार्फत क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा धनगढीबाट २ भारतीयसहित ९ जना पक्राउ

सफ्टवेयरमार्फत क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा धनगढीबाट २ भारतीयसहित ९ जना पक्राउ

सोमवार, श्रावण ४ २०८३
  • काठमाडौं । कैलाली प्रहरीले अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-७ स्थित एक घरमा छापा मार्दा सफ्टवेयरमार्फत क्रिप्टोकरेन्सी कारोबार भइरहेको फेला परेको थियो । प्रहरीले घटनास्थलबाट ९ जनालाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।

    पक्राउ पर्नेमा कैलालीका ३४ वर्षीय प्रेम बहादुर साउद, उदयपुरका ३४ वर्षीय दिपिन मगर, भारत नयाँदिल्लीका ३६ वर्षीय रवि कुमार सूर्यवंशी, भारतकै हरियाण राज्यका ३७ वर्षीय दिपक कुमार जाट र भरतपुर चितवनका ३७ वर्षीय जितेन्द्र कट्टेल रहेका छन् ।

    images

    उनीहरूसँगै ललितपुर महालक्ष्मीका ४३ वर्षीय कुमार मोक्तान, काकाठमाडौं कागेश्वरी मनहराका ४५ वर्षीय राजन चुँडाल, झापा दमकका ४६ वर्षीय हरि प्रसाद चापागाईं र कैलाली धनगढीका ३९ वर्षीय ज्ञानेन्द्र ढकाल पनि पक्राउ परेका छन् । पक्राउ परेका ९ जनामाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार