Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

युरोप जाँदै गरेका ११ नेपाली सर्बियाको जङ्गलमा बन्धक

युरोप जाँदै गरेका ११ नेपाली सर्बियाको जङ्गलमा बन्धक

सर्बियामा ११ जना नेपाली युवा हतियारधारी समूहले बन्धक बनाएको खबर आएको छ ।

शनिवार, आषाढ १५ २०८१
  • काठमाडौं । सर्बियामा ११ जना नेपाली युवा हतियारधारी समूहले बन्धक बनाएको खबर आएको छ । आफ्ना गाउँका २ जना युवाले परिवारमा फोन गरेर छुटाउन पहल गर्न आग्रह गरेको झापा बिर्तामोड–२ का वडाअध्यक्ष किशोर कुमार पौडेलले बताए ।

    आफूसहित ११ जनालाई छुटाउने पहल गर्न भन्दै झापाका दुई जनाले आफूहरूलाई छुटाउन परिवारलाई खबर पठाएका हुन् ।

    images

    मानव तस्करको चङ्गुलमा परेर सर्बिया हुँदै इजिप्ट जाने झापा बिर्तामोड–२ का ४५ वर्षीय आमाशु राजवंशी र २५ वर्षीय पशुपति राजवंशीले परिवारमा यस्तो सूचना दिएका हुन् । उनीहरुसहित सहित ११ जना सर्बिया पुगेका छन् । राजवंशीद्वयबाहेक अरू को–को हुन् खुलेको छैन ।

    उनीहरूले अहिले बन्धक बनाएर ज्यान मार्ने धम्की दिइएको भन्दै टेलिफोन गरेको पीडितकी आफन्त शर्मिला राजवंशीले बताइन् ।उनीहरूले ३ लाख पठाइदिन अनुरोध गरेका छन् । दुई महिनाअघि साढे ६ लाख खर्चिएर उनीहरू सर्बिया पुगेका थिए ।

    पीडितकी पत्नी शर्मिलाले आफन्त समस्या परेको कुरा इलाका प्रहरी कार्यालय, बिर्तामोड, जिल्ला प्रशासन कार्यालय झापा र सामी परियोजनामा जानकारी गराएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार