अमेरिकी खर्बपति व्यापारीको सूचीमा एकैपटक शिर्षस्थानमा दुई जना आइपुगेका छन् ।
ब्लुम्बर्ग विलेनयर्स इन्डेक्सका अनुसार बिहीबार तथा विधुतीय सवारी साधन निर्माता टेस्ला इंक र माइक्रो ब्लगिङ वेबसाइट ट्विटरका मालिक एलन मस्क तथा अमेजनका संस्थापक जेफ बेजोस दुबैको नेटवर्थ समान २१६ बिलियन डलर रहेको छ ।
२४ घण्टामै दुबैको सम्पतिमा बृद्धि
उक्त अवधिमा दुबैको सम्पति बराबर मात्र भएको छैन, दुबै खर्बपति व्यापारीको आम्दानी पनि लगभग बराबर हेको छ ।
उक्त अवधिमा एलन मस्कको सम्पति ६४५ बिलियन डलरले बृद्धि भएको छ भने जेफ बेजोसको सम्पति पनि ६८६ डलरले बृद्धि भएको छ ।
वर्ष २०२४ मस्कको लागि त्यति सुखद छैन, कयौं पटक उनको शिर्षस्थानको ताज खोसिइ सकेको छ । हालसम्म उनको नेटवर्थमा १२.५ अर्ब डलर गिरावट आइसकेको छ।
उता अमेजनका मालिक जेफ बेजोसको हालसम्म नेटवर्थमा ३८.७ अर्ब डलरले बृद्धि भइसकेको छ।
यी हुन् शिर्ष १० स्थानका खर्बपति व्यापारी

– एजेन्सीको सहयोगमा



