काठमाडौं । इजरायलका लागि आवेदन दिन कम्तीमा १४ महिना अवधिको पासपोर्ट चाहिने भएको छ । दीर्घकालीन स्याहार केन्द्र केयरगिभरको रोजगारीका लागि अन्य योग्यताका अतिरिक्त न्यूनतम १४ महिना अवधि भएको राहदानी चाहिने भएको हो।
सामेबारदेखि जीटुजीअन्तर्गत इजरायलको केयरगिभरको रोजगारीका लागि दरखास्त आह्वान गरेको वैदेशिक रोजगार विभागले न्यूनतम १४ महिना अवधि भएको राहदानी निवेदनका साथ अपलोड गर्नुपर्ने उल्लेख गरेको छ । यसअघि पासपोर्टको अवधि कम्तीमा ३ वर्ष हुनुपर्ने उल्लेख थियो ।
विभागले नेपाली कामदारको आकर्षक श्रम गन्तव्य मुलुक इजरायलबाट ८ सय नेपाली कामदारको माग आएको सूचना सोमबार प्रकाशित गरेको थियो । सूचनाअनुसार सोमबारदेखि तीन हप्ताभित्र अनलाइन आवेदन दिन सकिने विभागले जनाएको छ ।



