नेपाल श्रमशक्ति सर्वेक्षण २०७५/०७६ को प्रतिवेदन अनुसार कर्णाली प्रदेशमा बेरोजगारी दर ९.७ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका कर्णाली प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार पुस मसान्तसम्म कर्णाली प्रदेशमा बेरोजगारी दर ९.७ प्रतिशत रहेको देखिएको हो ।
कर्णाली प्रदेशमा रहेको १ लाख ५३ हजार ७४६ सूचीकृत बेरोजगार जनसंख्यालाई रोजगारीको अवसर प्रदान गरी निरपेक्ष गरिबीको दरलाई घटाउदै सामाजिक न्याय र आर्थिक रुपान्तरण गर्ने उद्देश्य अनुरुप कर्णाली प्रदेशमा रहेका जम्मा ७९ वटै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरी कार्यान्वयनमा ल्याईएको छ ।
रोजगारीको चूनौती र सम्भावना
रोजगारीको चुनौती
– वैदेशिक रोजगारीमा हुन सक्ने जोखिमहरु न्यूनिकरण गर्दै यसबाट प्राप्त पुँजी, सीप, प्रविधि र अनुभवको उत्पादनमुलक क्षेत्रमा लगानी गरी उच्चतम प्रतिफल हासिल गर्नु ।
– दक्ष र व्यावसायिक श्रमशक्तिको विकास गर्नु, वैदेशिक रोजगारबाट आर्जित पुँजी, सीप, दक्षता र अनुभवको उच्चतम परिचालन गर्नु र सबैका लागि मर्यादित कामको अवसरको सुनिश्चतता गर्नु ।
– खानीजन्य, कृषि तथा पशुपन्छीजन्य, जडिबुटीजन्य र वन पैदावारजन्य उद्योगको प्रचुर सम्भावना भएकोले यस्ता उद्योगहरुको स्थापना, विकास र बिस्तार गरी उच्च रोजगारी सिर्जना गर्नु ।
– यस प्रदेशबाट भारत लगायत अन्य मुलुकमा बैदेशिक रोजगारीको लागि विदेश जानेको संख्या ठूलो मात्रामा रहेको छ । उक्त जनसंख्यालाई स्वदेशमै रोजगारी सिर्जना गरी विदेशिनबाट रोक्नु ।
– कर्णाली प्रदेशको प्रमुख समस्याको रुपमा रहेको गरिबी न्यूनिकरणका लागि संघ, प्रदेश र स्थानीय तिनै तहको समन्वयमा रोजगारी सिर्जना गरी आर्थिक असमानता घटाउँदै सामाजिक न्याय कायम गर्नु ।
रोजगारीको सम्भावना
– गरिबी निवारण र रोजगारी सिर्जना कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेकोले सरकारका नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन मार्फत आर्थिक सामाजिक रुपान्तरण गर्न सकिने सम्भावना रहेको छ ।
– यस प्रदेशमा रहेका रारा, शे–फोक्सुण्डो, कुपिण्डे, स्यार्पु, बुलबुले ताल, काँक्रेबिहार, पचाल झरना, सिँजा सभ्यता, पञ्चकोशी ज्वाला क्षेत्र, दुल्लु लगायतका प्राकृतिक, साँस्कृतिक तथा र्धािर्मक रुपले महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गरी प्रर्याप्त मात्रामा आय तथा रोजगारी सिर्जना गर्न सकिने देखिन्छ ।
– नेपालमा आर्थिक रुपले सक्रिय जनसङ्ख्या ६५.४९ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशमा आर्थिक रुपले सक्रिय जनसङ्ख्या ७१.६५ प्रतिशत रहेको छ जसले गर्दा कृषि क्षेत्रमा रहेको अनुउत्पादक श्रमशक्तिलाई उद्योग, पर्यटन, सेवा क्षेत्रमा स्थानान्तरण गरी अर्थतन्त्रको संरचनात्मक रुपान्तरण गर्न सकिने सम्भावना रहेको छ ।
– यस प्रदेशमा कृषि तथा जडीबुटीजन्य कच्चा पदार्थको भण्डार भएकाले कृषि तथा जडीबुटी सम्बन्धी उद्योग सञ्चालन गरी युवाहरुलाई उद्यमी बनाउँदै रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको छ ।



