Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इजरायलका लागि आवेदन दिन १४ महिना अवधिको पासपोर्ट भए पुग्ने

इजरायलका लागि आवेदन दिन १४ महिना अवधिको पासपोर्ट भए पुग्ने

बिहिवार, आषाढ १३ २०८१
  • काठमाडौं । नेपालबाट इजरायलले माग गरेको ८०० जना कामदारको निम्ति आवेदन दिन चाहनेहरुको पासपोर्टको अवधि १४ महिना भए पुग्ने भएको छ । 

    यसअघि पासपोर्टको अवधि ३ वर्ष भएको हुनुपर्ने प्रावधान थियो ।  इजरायलमा ज्येष्ठ नागरिकलाई स्याहार गर्ने  केयरगिभरको रोजगारीका लागि यस्तो व्यवस्था गरिएको हो । सामेबारदेखि सरकारी तवरबाट इजरायलको केयर गिभरको रोजगारीका लागि दरखास्त आह्वान गरेको वैदेशिक रोजगार विभागले यसअघिको सूचनाले अन्योल सिर्जना गरेको भन्दै न्यूनतम १४ महिना अवधि भएको राहदानी निवेदनका साथ अपलोड गर्नुपर्ने बताएको छ । 

    images

    विभागले इजरायलबाट ८ सय नेपाली कामदारको माग आएको सूचना सोमबार प्रकाशित गरेको थियो । सूचनाअनुसार सोमबारदेखि तीन हप्ताभित्र अनलाइन आवेदन गर्नुपर्नेछ । 

    आवेदन दिएकाहरु मध्येबाट ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला छनौट गरिनेछ भने आवेनदको निम्ति तोकिएको योग्यतामा २५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको हुनुपर्ने, उचाई  १.५ मिटर, तौल ४५ केजी, शैक्षिक योग्यदा कम्तीमा १० कक्षा पास गरी अ.न.मी. वा सि.एम.ए. सम्बन्धी विषयमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने रहेको छ । रोजगारीमा गएकाहरूले कम्तीमा २ लाख १० हजार मासिक तलव पाउनेछन् । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार