Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कुवेत सरकारले नेपालबाट थप दुई लाख कामदार लैजाने विषयमा छलफल : परराष्ट्रमन्त्री

कुवेत सरकारले नेपालबाट थप दुई लाख कामदार लैजाने विषयमा छलफल : परराष्ट्रमन्त्री

बुधवार, आषाढ १२ २०८१
  • काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कुवेतले नेपालबाट थप दुई लाख कामदार लैजाने विषयमा छलफल भएको बताएका छन् ।

    मंगलबार एशिया कोअप्रेसन डायलग (एसीडी)को इरानको तेहरानमा भएको १९ औँ विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

    images

    इरानको राजधानी तेहरानमा कुवेतका विदेशमन्त्री अब्दुल्ला अली अल–याह्याले थप दुई लाख नेपाली कामदार कुवेत लगिने जानकारी दिएको बताए । उनले कुवेतमा अहिले एक लाख नेपाली रहेको र अब तीन लाख पुर्याउने लक्ष्य कुवेतको रहेको जानकारी दिएको बताए । उनले कुवेतका विदेशमन्त्री अब्दुल्लाले यसैवर्ष काठमाडौंमा कुवेतले दुतावास खोल्ने जानकारी दिएको बताए ।

    उनले भ्रमणको क्रममा इरानका कार्यवाहक परराष्ट्र मन्त्री,म्यानमारका उपप्रधान तथा विदेश मन्त्री, बहराइनका विदेश मन्त्री,कुवेतका विदेश राज्यमन्त्री, साउदी अरेवियाका उपविदेश मन्त्री र रुसका उपविदेश मन्त्रीसँग दुई पक्षीय भेटघाट गरी दुई पक्षबीच सहकार्य र हितका विषयमा समेत छलफल भएको बताए ।

    उनले रुसको उपविदेश मन्त्रीसँगको भेटमा रुसी सेनामा भएका नेपाली सैनिकहरु नेपालमा फिर्ता गर्ने सम्बन्धमा पनि छलफल भएको बताए । उनले नेपाली नागरिक फिर्ता पठाउने विषयमा सहमत भएपनि कार्यविधि बनाउन बाँकी रहेको जानकारी दिएको उल्लेख गरे ।

    उनले नेपाली नागरिकहरु रुसी सेनामा सहभागि हुँदा युक्रेन युद्धमा जीवन गुमेको र घाइते भएको कति नेपालीहरु रुसी सेनामा सहभागि भएको भन्ने यकिन तथ्यांक नभएको बताए । उनले युक्रेन युद्धमा रुसी सेनामा भर्ती भएर ज्यान गुमाएका सात जना नेपालीको क्षतिपूर्तिको व्यवस्था गर्ने प्रक्रिया अघि बढेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार