Oct 28 2026 | २०८३ कार्तिक १२ गते

३ वर्षे प्रावधान हटाउँदे जापान : नर्सिङ पढेकाहरूलाई खुशीको खबर !

३ वर्षे प्रावधान हटाउँदे जापान : नर्सिङ पढेकाहरूलाई खुशीको खबर !

सोमवार, आषाढ १० २०८१
  • टोकियो । बढ्दो श्रमिक अभावलाई सम्बोधन गर्न जापानले ३ वर्षे प्रावधानलाई हटाउने भएको छ । जापानले आउने वर्षेदेखि नै यस्तो प्रावधान हटउने भएको हो । हाल तीन वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेका नर्सिङ केयरले मात्रै जापानको प्राविधिक इन्टर्न ट्रेनी कार्यक्रमअन्तर्गत विदेशी कामदारलाई काममा लगाउन सक्ने व्यवस्था छ ।

    नयाँ प्रावधान लागू भएपछि तीन वर्षदेखि सञ्चालनमा नआए पनि विदेशी कामदार लिन पाउने सुविधा दिइनेछ । जापानले घर–घरमा पुगेर नर्सिङ केयर सेवाहरु प्रदान गर्न सक्ने विदेशी कामदारहरुको क्षेत्रलाई फराकिलो बनाउने योजना पनि बनाएको छ । त्यसमा प्राविधिक प्रशिक्षार्थीहरु, तोकिएको सीपको भिसा भएका कामदारहरु र जापानसँग आर्थिक साझेदारी सम्झौता भएका देशहरुबाट केयर गिभर लिइने जापानी समाचारपत्रहरुले उल्लेख गरेका छन् ।

    images

    हाल नर्सरी हेरचाहको भिसा भएका व्यक्तिहरु र जापानसँग ईपीए भएका देशहरुका रजिस्टर्ड कामदारहरुलाई मात्र घर–घरमा पुगेर हेरचाहमा संलग्न हुन अनुमति छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार