काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आफ्नो कार्यकालको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आफूले पदबहाली गरेको १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै उनले एक घण्टाभित्रै श्रम स्वीकृत दिनेलगायतका महत्त्वपूर्ण कामहरू भएको जानकारी दिए ।



