काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखाको १२ औं वार्षिकोत्सव तथा साधारण सभाले मनु श्रेष्ठलाई निर्विरोध अध्यक्ष चयन गरेको छ । गत शुक्रबार इजरायलको तेलअभिवमा सम्पन्न भएको वार्षिकोत्सव तथा सधारण सभाले श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो ।
निर्वाचित अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा नेपाल मगर संघ इजरायलका मन मास्की राना मगर, उपाध्यक्षहरूमा किरात याक्थुङ चुम्लुङ इजरायलका तुल्सा तुम्बाहाङफे, ह्योल्मो समाज इजरायलका सर्किनी ज्यावा ह्योल्मो, नेपाल तामाङ घेदुङ इजरायलका रन्जना ग्याबक तामाङ, शेर्पा संघ इजरायलका ल्हक्पा लामा शेर्पा, महासचिवमा तमू समाज इजरायलका खुशी क्ल्हे तमूस्यो, प्रथम सचिवमा राष्ट्रिय नेवाः खलः इजरायलका बिमला श्रेष्ठ, सचिवहरुमा शेर्पा संघ इजरायलका लेमी शेर्पा, तमू समाज इजरायलका इन्द्रजंग तमू, ह्योल्मो समाज इजरायलका फुर्वा लामा ह्योल्मो, नेपाल तामाङ घेदुङका अशोक थोकर तामाङ रहेका छन् भने कोषाध्यक्षमा किरात याक्थुङ चुम्लुङ इजरायलका आश कुमार लावती र सह कोषाध्यक्षमा नेपाल मगर संघ इजरायलका बिवश आले मगर चयन भएका छन् ‘पहिचानका लागि युवा’, ‘विश्वका आदिवासी जनजाति एक होऔं’, ‘आफ्नो भेषभुषा, भाषा, लिपी, कला,संस्कृतिको संरक्षण र सम्बद्र्धन गरौं’ भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रम कुमार आङदेम्बेको सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखाकी पूर्व अध्यक्ष एवं संरक्षक परिषद्का सदस्य पेम्बा डोल्मो ह्योल्मोको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
साधारण सभाले ८ सदस्यीय सल्लाहाकार समिति समेत चयन गरेको छ । चयन हुनेहरूमा सल्लाहाकार समितिको प्रमुखमा कुमार आङ्देम्बे, सदस्यहरुमा छत्र गोले (शंखर), सुनिता श्रेष्ठ, जेसाङ शेर्पा, डिक कुमार गुरुङ, समीर स्याङ्बा ह्योल्मो, कमला कन्दङ्वा र सूर्य राना मगर रहेका छन् ।



