Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रधनीलाई परिपक्व भएको साँवा तथा ब्याज भुक्तानी बुझिलिन आग्रह

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रधनीलाई परिपक्व भएको साँवा तथा ब्याज भुक्तानी बुझिलिन आग्रह

आइतवार, आषाढ २ २०८१
  • काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रधनीलाई परिपक्व भएको साँवा तथा ब्याज भुक्तानी बुझिलिन आग्रह गरेको छ । 

    कार्यालयले एक सूचना जारी गर्दै नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकमार्फत विस २०८० चैत १ गतेसम्म जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतकर्तालाई यस्तो आग्रह गरेको हो ।  

    images

    बचतकर्ताहरुलाई कार्यालयले बजार निर्माता९बैंक तथा वित्तीय संस्था०सँग सम्पर्क राखि यथाशिघ्र भुक्तानी लिन आग्रह गरेको हो ।  

    यसका साथै ऋणपत्रको कारोबारलाई सहजीकरण गर्नुका साथै साँवा ब्याज रकम धनीको बैंक खातामा परिपक्व भएकै मितिमा भुक्तानी गर्न धनीको बैंक खाता लगायतका व्यक्तिगत विवरणहरु अद्यावधिक गरी भौतिक प्रमाणपत्रलाई कार्यालयको प्रणालीमा डिजीटाइज गरिने भएकाले कार्यालयबाट तयार पारिएको फाराम कार्यालयको वेवसाइटबाट डाउनलोड गरी सम्पूर्ण विवरण भरी असार मसान्तसम्म बजार निर्माता९बैंक तथा वित्तीय संस्था०वा कार्यालयमा बुझाउन आग्रह गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार