Oct 28 2026 | २०८३ कार्तिक १२ गते

श्रम आवासको आगलागीमा परेका ४५ भारतीयको शव स्वदेश फिर्ता

श्रम आवासको आगलागीमा परेका ४५ भारतीयको शव स्वदेश फिर्ता

शनिवार, आषाढ १ २०८१
  • कुवेत । कुवेतको श्रम आवासको आगलागीमा परी ज्यान गुमाएका ४५ भारतीय नागरिकको शव बोकेको भारतीय विशेष वायुसेना विमान शुक्रबार बिहान कोच्चिका लागि उडेको कुवेतस्थित भारतीय दूतावासले जनाएको छ । 

    भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समा जनाएकोे छ– ‘कुवेतमा आगलागीको घटनामा ज्यान गुमाएका ४५ जना भारतीयको पार्थिव शरीर बोकेको विशेष आईएएफ विमान कोच्चिका लागि उडेको छ,’
    शवसँगै भारतका विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंह पनि सोही विमानमा सवार थिए । आगलागीमा ज्यान गुमाउने ४५  मध्ये २३ जना केरला, ७ जना तमिलनाडु, ३ जना आन्ध्र प्रदेश र  ओडिशा, बिहार, उत्तर प्रदेश, कर्नाटक, महाराष्ट्र, , झारखण्ड, हरियाणा, पञ्जाब र पश्चिम बङ्गालका १–१ जना रहेका छन् ।  

    images

    यस घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो शोक व्यक्त गर्दै दुर्घटनाबाट प्रभावितहरूलाई सबै सम्भव सहयोग गर्ने जनाएका छन् । कुवेत सरकारले पनि आगलागीको कारण पत्ता लगाई पिडीतलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार