Oct 28 2026 | २०८३ कार्तिक १२ गते

‘आईटी एक्सपर्ट’ सुमन यूएईको गोल्डेन भिषा प्राप्त गर्ने प्रथम नेपाली

‘आईटी एक्सपर्ट’ सुमन यूएईको गोल्डेन भिषा प्राप्त गर्ने प्रथम नेपाली

शुक्रवार, जेठ ३२ २०८१
  • विराटनगर । आईटीको क्षेत्रमा दशकौंको अनुभवप्राप्त सुमन फुयालले यूएईको गोल्डेन भिषा प्राप्त गरेका छन् । 

    इटहरीका फुयाल गोल्डेन भिषा प्राप्त गर्ने दोस्रो नेपाली भएपनि नेपालबाटै आवेदन दिएर त्यस्तो भिषा प्राप्त गर्ने उनी पाहिलो नेपाली हुन् । यसअघि एक नेपालीले यो भिसा प्राप्त गरेको भएपनि उनी यूएईमै कार्यरत थिए ।

    images

    संयुक्त अरब इमिरेट्स (यूएई)ले सन् २०२० बाट सुरु गरेको ‘गोल्डेन भिसा’ ‘असाधारण प्रतिभा’ भएका डाक्टर, इन्जिनियर, वैज्ञानिक तथा कलाकारजस्ता प्रतिभावान् व्यक्तिलाई प्रथमिकतामा राखेर दिइन्छ ।

    यस भिषा पाउनेले स्थायी बसोबासको व्यवस्थासहित १० वर्षका लागि नवीकरण गर्ने सुविधा समेत पाउँछन्  

    यूएईको गोल्डेन भिषा पाउने फुयाँल चर्चित अनलाइन प्लाटफर्म ‘विक्स’को नेपालबाट एकमात्र पार्टनर हुन् । गुगल, माइक्रोसफ्टलगायत १८ अन्य प्लाटफर्मबाट सर्टिफिकेटसमेत प्राप्त गरिसकेका उनी यस क्षेत्रका ‘वल्र्ड रेकर्डिष्ट’ समेत हुन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार