काठमाण्डौ – कुवेतको मङ्गाफमा रहेको श्रमिक क्याम्पमा बुधवार बिहान भएको आगलागीमा परी तीन जना नेपाली घाइते भएका छन् । दूतावासका अनुसार आगलागीबाट दोर्जे लामा, शिवशंकर पासवान र दिनेशकुमार मण्डल घाइते भएका हुन् ।
उक्त श्रमिक क्याम्पमा पाँच जना नेपाली श्रमिक बस्दै आएका थिए । जसमध्ये तीन जना सामान्य घाइते भएका र दुई जना सुरक्षित रहेका कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
श्रमिक क्याम्पमा भएको आगलागीमा अन्य देशका ४१ जनाको ज्यान गएको छ ।
फोटो : एजेन्सी



