Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कुवेतमा विदेशी कामदार बस्ने भवनमा आगलागी हुँदा मृत्यु ४० जनाको  मृत्यु

कुवेतमा विदेशी कामदार बस्ने भवनमा आगलागी हुँदा मृत्यु ४० जनाको  मृत्यु

बिहिवार, जेठ ३१ २०८१
  • कुवेतमा विदेशी कामदार रहेको एक भवनमा बुधबार बिहानै आगलागी हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको छ।मृत्यु हुनेमा ४० जना भारतीय नागरिक रहेको बताइएको छ ।

    अलजजिराका अनुसार आगलागीबाट दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएको अछन्। स्वास्थ्य मन्त्रालयका अनुसार कुवेत सिटीको दक्षिणमा रहेको मङ्गफ क्षेत्रमा आगलागी हुँदा ४३ जना घाइते भएका छन्। मङ्गफ आप्रवासी कामदारहरूको बाहुल्य रहेको क्षेत्र हो।

    images

    ‘दुर्भाग्यवश हामीलाई बिहान ठिक छ बजे मङ्गफ क्षेत्रमा आगो लागेको सूचना प्राप्त भयो’, गृह मन्त्रालयको जनरल डिपार्टमेन्ट अफ क्रिमिनल इभिडेन्सका प्रमुख मेजर जनरल ईद अल–ओवाइहानले भने, ‘मेरो भवनको पछाडि भएको मृत्यु हुनेहरूको सङ्ख्या ३५ भन्दा बढी छ।’कामदारहरूका रोजगारदाताले मन्त्रीलाई दिएको जाननकारीअनुसार घटनास्थलबाट प्राप्त तस्बिरले छ तले उक्त भवनको बाहिरी भागमा कालो लागेको देखिएको छ, भवनमा एक सय ९६ कर्मचारी बस्छन्।

    तेलको धनी मुलुक कुवेतमा ठूलो संख्यामा विदेशी कामदार छन्। यीमध्ये धेरै दक्षिण तथा दक्षिणपूर्वी एसियाका छन् र धेरैजसो निर्माण वा सेवा उद्योगहरूमा काम गर्छन्।

    आगलागीमा नेपाली कामदारलाई कुनै क्षति नभएको बताइएको छ । उक्त भवनमा पाँच जना नेपाली कामदार बस्ने गरेकोेमा आगलागीको समयमा दुई जना भवन बाहिर रहेको, भवनभित्र रहेका तीन जना धुवाँको मुस्लोमा परेर अस्पताल भर्ना गरिएकोमा एक जना दिउँसो डिस्चार्ज भएको तथा दुई जना सामान्य उपचारमा रहेकोे कुवेतस्थित नेपाली दूतावासले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार